समाचार
स्याङ्जा समाज कोरियाद्वारा मृतक श्रमिकका परिवारलाई ६ लाख ६६ हजार ४ सय रुपैयाँ हस्तान्तरण
रेडियो आँधीखोला
वालिङ, १९ साउन ।
रोजगारीका सिलसिलामा क्रोसियामा कार्यरत स्याङ्जा जिल्ला हरिनास गाउँपालिका–१ का चित्रबहादुर थापाको निधनपछि संकलन गरिएको ६ लाख ६६ हजार ४ सय रुपैयाँ सहयोग रकम परिवारलाई हस्तान्तरण गरिएको छ।
रोजगारीका क्रममा गत २०८२ असार २ गते क्रोसियाको पुलस्थित इञ्चियनमा थापाको मृत्यु भएपछि स्याङ्जा समाज क्रोसियाको पहलमा सहयोग संकलन गरिएको थियो। संकलित रकम मंगलबार पोखरा महानगरपालिका–३० सिसुवा पुगी स्वर्गीय थापाकी श्रीमती रेडमाया थापालाई हस्तान्तरण गरिएको हो।
स्याङ्जा समाज क्रोसिया, अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव ओमकान्त पौडेल र स्याङ्जा समाज क्रोसियाको पहलमा सहयोग अभियान सञ्चालन गरिएको थियो। अभियानअन्तर्गत स्याङ्जा समाज कोरियाबाट ५ लाख ४६ हजार ७९८ रुपैयाँ र अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत १ लाख २० हजार २ रुपैयाँ संकलन भई कुल ६ लाख ६६ हजार ४ सय रुपैयाँ जुटेको कार्यक्रमका क्रममा जानकारी दिइयो।
संकलित रकम गरिमा विकास बैंकको स्याङ्जा शाखामा रहेको चिरशान्ति अक्षय कोषको खातामार्फत चेक हस्तान्तरण गरिएको जनाइएको छ। कार्यक्रममा मृतक थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहांको आत्माको चिरशान्तिको कामना गरिएको थियो।
हस्तान्तरण कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक राजेश दर्शन अर्याल, प्रकाश श्रेष्ठ, सुरेश रेग्मी, कृष्ण पौडेल, मोहिनी खनाल, चिरञ्जीवी ढकाल, घनश्याम रिजाल, पत्रकार रोशन लामिछाने, सुजन खड्कालगायतको उपस्थिति रहेको थियो। मृतकका परिवारका तर्फबाट रेडमाया थापाले सहयोगका लागि सबै सहयोगदाता र अभियानमा संलग्न पक्षप्रति आभार व्यक्त गर्नुभयो ।