अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

स्व. कमल पङ्गेनी स्मृति प्रतिष्ठानद्वारा विद्यार्थीहरूलाई पोशाक वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, २० साउन । 
स्व. कमल पङ्गेनीको ८औँ स्मृति दिवसका अवसरमा विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको छ । कमल पंगेनी स्मृति प्रतिष्ठान स्याङ्जाको आयोजनामा भीरकोट २ स्थित दहथुम माध्यमिक विद्यालय र जनप्रिय माध्यमिक विद्यालयका ६० जना विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ । दहथुम माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने अति विपन्न २० जना विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो । त्यस्तै यता भीरकोट ५ स्थित जनप्रिय माविमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो । 
कर्यक्रममा दहथुम माविमा सञ्चालित कार्यक्रममा भीरकोट नगरपालिका निर्वतमान नगरप्रमुख छायाराम खनालले स्व. पंगेनी एक विकासप्रेमि नेता भएको स्मरण गर्दै उहाँको सम्झनामा प्रतिष्ठानले शैक्षिक क्षेत्रमा गरेको यो कार्य निकै सराहनीय रहेको बताउनुभयो । कार्यक्रमा नेपाली कांग्रेस भीरकोट नगर सभापति याम प्र. अधिकारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुदरत अलिले स्व. कमल पङ्गेनीले यहाँका विकास निर्माणमा पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो।
प्रतिष्ठानका अध्यक्ष लिला प्रसाद पङ्गेनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तोयनाथ अर्यालले स्वागत मन्तव्य राख्नुभएको भने सञ्चालन सचिव अर्जुन प्रसाद अर्यालले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तोयनारायण कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
स्वर्गीय कमल प्रसाद पङ्गेनी नेपाली कांग्रेसका निष्ठावान् नेता, पूर्व सांसद तथा संविधानसभा सदस्य हुनुहुन्थ्यो। उहाँ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सभापति रहनुभएका पंगेनीको २०७५ साउन २० गते ५५ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो। उहाँको स्मृतिलाई जीवन्त राख्न र सामाजिक तथा शैक्षिक विकासका कार्यहरू अगाडि बढाउन ’स्व. कमल पङ्गेनी स्मृति प्रतिष्ठान’ स्थापना गरी विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गरिँदै आएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...