अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

साउनको अन्तिम सोमबार ३ लाख हजार २६ हजार ३७४ रुपैँया भेटि संकलन

news

 
रेडियो आँधीखोला
वालिङ, २६ साउन । 
साउन महिनाको अन्तिम सोमबार जिल्ला स्थित शिवालयहरुमा भक्तजनहरुको भिड रह्यो । सिद्धार्थ राजमार्गसंग जोडिएको स्याङ्जाको प्रसिद्ध मन्दिर छाङछाङदी मन्दिरमा साउनको चौँथो तथा अन्त्मि सोमबार उल्लेख्य भक्तजनहरुले मन्दिर दर्शन तथा पूजापाठ गरेका छन् । साउनको महिना भगवान शिवको प्रिय महिना भएकाले साउनको महिनाभर शाकाहारी भोजन गरी सोमबार ब्रत तथा उपासना गरी शिव भगवानको पूजाआराधना गर्ने गरिन्छ । भगवान शिवको पूजा आरधाना गरेमा परिवारमा सुख, शान्ति समृद्धि प्राप्त हुने जनविश्वासका साथ भक्तजनहरु साउनको सोमबार शिव मन्दिरमा गई स्नान तथा पूजा पाठ गर्ने गर्दछन् ।
यसैबीच अन्तिम सोमबार मन्दिरमा ३ लाख २६ हजार ३७४ रुपैँया भेटि संकलन भएको छ । मूल मन्दिरमा ८३ हजार १००, १०८ गौमुखधाराबाट ३० हजार १०, १०८ शिवलिंगबाट १५ हजार ०५, आजिवन सदस्यताबाट १० हजार, दानपेटिकाबाट ५३ हजार ९००, स्टल शुल्कबाट ४० हजार, सहयोग रसिदबाट १ लाख ४० हजार १९ रुपैँया गरी कुल  ३ लाख २६ हजार ३७४ भेटि संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समितिका संयोजक शोभाकान्त पौडेलले बताउनुभयो । 
अन्तिम सोमबार दर्शनार्थीको उल्लेख्य सहभागिता रहेको थियो । राधेराधे टोलीले सोमबार दिउँसो मन्दिर सरसफाई गरेका छन् भने साईनभिलेज इन्टरनेशनल एकेडेमी वालिङका विद्यार्थीहरुले शिव भजन र शिव ताण्डव नृत्य, शिव पार्वती विवाह रुपक नाटक प्रस्तुत गरेका थिए । कामिनि एकादशीका अवसरमा आईतबार पुतलीबजारको हरिहर भजन टोलीले भजन कृतन प्रस्तुत गरेका थिए । 
मन्दिमा ४ वटै सोमबार र हरिशयनी एकादशीका अवसरमा महाआरती तथा भजनकृतन गरिएको छ ।   मन्दिरमा विभिन्न जिल्लाहरुबाट बोलबमका टोलीहरुले समेत स्नान तथा पूजापाठ गरेका थिए । मन्दिरमा पर्वत, कास्की, तनहुँ, पाल्पालगायतका जिल्लाहरुबाट पनि धार्मिक आस्थाका साथ आउने गरेका छन् । वर्षाका बाबजुद पनि भक्तजनहरु मन्दिरमा स्नान तथा पूजापाठका लागि अन्तिम सोमबार विहानैदेखि पुगेका थिए ।
यसरी विभिन्न पर्वहरुमा मन्दिरमा संकलित रकम मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भगवान शिवपार्वतीको कथासंग प्रत्यक्ष जोडिएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ । 
मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ति छ । 
यस पटकको साउनमा भने विगतका वर्षहरुमा जस्तो भीडभाड नभएको भन्दै अन्तिम सोमबार भने वृहस्पति हटेकाले निकै भीड भएको मन्दिरका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...