अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

शसस्त्र प्रहरी बल नेपाल ३० नं. गुल्मको स्थायी व्यवस्थापनको लागि सरोकारवालाबीच छलफल

news

 
रेडियो आँधीखोला
वालिङ, ६ भदौ ।
वालिङ स्थित शसस्त्र प्रहरी बल नेपाल ३० नम्बर गुल्म को स्थायी व्यवस्थाापनका लागि वालिङ नगरपालिका सभाहलमा यहाँका सरोकारवालाबीच छलफल गरिएको छ । 
वालिङ नगरपालिकाले आयोजना गरेको छलफलमा प्रदेश सभा सदस्य तथा अर्थ विकास समितिका सभापति भोजराज अर्याल, सांसद तथा पुर्व मन्त्री सरस्वति अर्यालतिवारी, पुर्व सांसद मोहन रेग्मी, वालिङ नगरप्रमुख कृष्ण खांण, उपप्रमुख कविता तिवारी गैह्रे, शसस्त्र प्रहरी बल नेपाल गुल्म नं. ३० का डिएसपि लक्ष्मण बहादुर बस्नेत, यहाँका राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालय तथा क्याम्पस प्रमुख, उद्योग वाणिज्य संघ, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको थियो । हाल गुल्म पुर्णामृत माविको गुठी जग्गामा अवस्थित रहेको छ । 
गुल्मको स्थायी जग्गा प्राप्ति नहुँदा यहाँ स्थायी संरचना निर्माणमा कठिनाई, सडक तथा पुर्वाधार निर्माणलगायतमा समस्या भईरहेको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य तथा अर्थ विकास समितिका सभापति तथा सांसद भोजराज अर्यालले स्याङ्जाको प्रमुख व्यापारीक केन्द्र तथा छिमेकी जिल्लाको समेत पायक बजार वालिङमा शसस्त्र गुल्म यहीँ रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 
सरोकारवालासंग छलफल गरी निर्णय गर्ने अधिकारी स्थानीय सरकार वालिङ नगरपालिकालाई रहेको बताउँदै अस्थायी रुपमा रहेको शसस्त्र गुल्ममा निकै समस्याका बाबजुद गुल्मले यहाँको शान्ति सुरक्षामा निकै ठुलो भुमिका निर्वाह गरेको बताउनुभयो । छलफलले हाल बसोबास रहेको स्थान घ्याङलिङमै जग्गा उपलब्ध गराउन कानुनी प्रक्रिया पुरा गरेर विद्यालयकै स्वामित्वमा जग्गा रहने र भोकाधकिार गर्नका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । 
कार्यक्रममा  सहभागिहरुले शसस्त्र गुल्मको लागि उपयुत्त स्थान यहीँ नै रहने बताएका थिए । वित्तिय हिसाबले पनि विकास बैंकहरुको आर्कषणको केन्द्र वालिङ बनिरहेका बेला गुल्मलाई वालिङमै स्थायी व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । गुल्मलाई स्थायी जग्गा व्यवस्थापन गर्न कानुनि प्रक्रियाको लागि कार्यपालिकालाई अख्तियारी दिने निर्णय छलफलले गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...