अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा प्रथम जिल्लास्तरीय पावरलिफ्टिङ प्रतियोगिता सुरु; अनुशासित र सुरक्षित खेल प्रदर्शन गर्न जनप्रतिनिधिहरूको जोड।

news

 
वालिङ (स्याङ्जा) —
स्याङ्जाको वालिङमा आजदेखि प्रथम जिल्लास्तरीय पावरलिफ्टिङ प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै गण्डकी प्रदेश सभाका पूर्व सदस्य भागवतप्रकाश मल्लले खेलाडीहरूलाई पूर्ण रूपमा सुरक्षित भएर आफ्नो खेल कौशल प्रदर्शन गर्न अनुरोध गर्नुभयो। पहिलोपटक आयोजना गरिएको यस प्रतियोगिताको निरन्तरताको कामना गर्दै उहाँले यस्ता खेलकुद कार्यक्रमले स्थानीय प्रतिभाहरूलाई राष्ट्रियस्तरसम्म पुग्न र आफ्नो क्षमता देखाउन ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले वालिङमा पहिलोपटक यस्तो प्रतियोगिता आयोजना हुनु ऐतिहासिक उपलब्धि भएको भन्दै खुसी व्यक्त गर्नुभयो। पूर्व प्रदेश सभा सदस्य मोहनप्रसाद रेग्मीले अनुशासित भएर खेल प्रस्तुत गर्न खेलाडीहरूलाई सुझाव दिनुभयो।

आयोजकका अनुसार आज एकदिन मात्र सञ्चालन हुने यस प्रतियोगितामा पुरुषतर्फ ८० केजीभन्दा कम, ६० केजीभन्दा कम तथा पुरुष र महिला दुवैतर्फ खुल्ला प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विजेताहरूले क्रमशः नगद रु २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन्।

आयोजक संस्थाका अध्यक्ष जगत रानाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सचिव डण्डु पंगेनीले गर्नुभएको थियो।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...