अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

पुर्व प्रहरी संगठनको ३६ औं स्थापना दिवस

 
स्याङ्जा, ८ भदौ । 
पुर्व प्रहरी संगठनको ३६ औं स्थापना दिवस स्याङजामा मनाईएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले प्रहरी संगठनबाट निवृत्त भएका कर्मचारीहरुको सहभागितामा बनेको संस्था भएकाले सरकारका कार्यक्रमहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थामा आवद्ध कर्मचारीहरुको योजना अनुसार प्रतिवद्ध भएर सरकारले कामगर्नुपर्ने बताउनुभयो । 
सोही कार्यक्रममा प्रहरी नायव उपरिक्षक रमेशदत्त अवस्थीले पुर्व प्रहरी संगठनले सहयोग गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा जेष्ठ नागरिक सदस्य तथा विरगती प्राप्त परिवार र क्यान्सर पिडीत पूर्व प्रहरी नायव निरिक्षक शिव प्रकाश अर्यालको परिवारलाई २८ हजार २५ रुपैया सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष श्याम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...