अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

जिप दुर्घटनामा दुईको ज्यान गयो, सत्र जना घाईते

news

 
वालिङ, ८ भदौ ।
स्याङ्जाको गल्याङ ८ करादीस्थित भित्री सडकमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । गल्याङ ८ बस्ने २५ वर्षीया सदिक्षा थापा मगर पचभैया र गल्याङ ९ बस्ने ६० वर्षीय यमबहादुर बिकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । 
स्याङ्जाको गल्याङबजारदेखि गल्याङ ९ को साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप साँझ ५ ः ४५ बजे गल्याङ ८ करादीस्थित भित्री सडकखण्डको  उकालो सडकको घुम्तीमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
दुर्घटना परी जिपमा सवार अन्य १७ जना घाईते भएका छन् । घाईतेहरुमध्ये गल्याङ ९ साङलिया बस्ने २७ वर्षीया बसन्ती विश्वकर्मा तथा सोही ठाउँ बस्ने ४८ वर्षीया देवी बिकको अवस्था गम्भीर भएकाले उनीहरुलाई थप उपचारकालागि युनाईटेड मिशन अस्पताल तानसेन पाल्पा पठाईएको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो । सामान्य घाईते भएकाहरुमध्ये ५ जना सामान्य उपचारपश्चात घर फर्केका छन् । मध्यम घाईतेहरुको अहिले गल्याङ नगर अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरु अधिकांश गल्याङ ९ का रहेका छन् । जिप चालक गल्याङ ९ का २९ वर्षीय दीपक बिकको टाउकोमा चोट लागेको छ । बिकको अवस्था मध्यम रहेको छ । 
 

घाइतेहरूको नामावली तथा स्वास्थ्य अवस्था

क्र.सं. नाम, थर ठेगाना उमेर चोटपटक / अवस्था कैफियत
१ दिपक बि.क. (चालक) गल्याङ न.पा.-०९, स्याङ्जा २९ टाउकोमा चोट (मध्यम) उपचाररत
२ स्नेहा परियार गल्याङ न.पा.-०८, बरादी १७ बायाँ खुट्टामा चोट (मध्यम) डिस्चार्ज
३ सुप्रिया थापा गल्याङ न.पा.-०९, तीनदोबाटो १५ टाउकोमा चोट (सामान्य) डिस्चार्ज
४ बोमा खनाल गल्याङ न.पा.-०९, चितडाँडा ५६ टाउको र बायाँ खुट्टामा चोट (मध्यम) उपचाररत
५ समिर बि.क. गल्याङ न.पा.-०९, साङलिया १२ बायाँ खुट्टामा चोट (सामान्य) डिस्चार्ज
६ सगुन बि.क. गल्याङ न.पा.-०९, साङलिया १० टाउको र दाहिने खुट्टामा चोट (मध्यम) उपचाररत
७ टोल बहादुर वि.क. गल्याङ न.पा.-०९, साङलिया ६२ दुवै खुट्टा र ढाडमा चोट (मध्यम) उपचाररत
८ असिसा पचभैया गल्याङ न.पा.-०९, तीनदोबाटो २१ बायाँ हात र खुट्टामा चोट (सामान्य) उपचाररत
९ अरुणा गाहा गल्याङ न.पा.-०९, तीनदोबाटो २५ सामान्य डिस्चार्ज
१० मेगनाथ खनाल गल्याङ न.पा.-०९, तीनदोबाटो ६२ दाहिने खुट्टामा चोट (सामान्य) उपचाररत
११ राधामाया राना गल्याङ न.पा.-११ ५५ टाउकोमा चोट (मध्यम) उपचाररत
१२ गंगा विश्वकर्मा गल्याङ न.पा.-०९, साङलिया २२ बायाँ खुट्टा र दाहिने हातमा चोट (सामान्य) उपचाररत
१३ दुर्गा बि.क. गल्याङ न.पा.-०९, साङलिया ५१ छाती, टाउको र खुट्टामा चोट (मध्यम) उपचाररत
१४ पार्वती बि.क. गल्याङ न.पा.-०९, साङलिया २५ बायाँ खुट्टामा चोट (सामान्य) डिस्चार्ज
१५ यमकला खनाल गल्याङ न.पा.-०९, साङलिया ३२

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...