समाचार
ईस्लाम धर्मका संस्थापक पैगम्बरको जन्मोत्सवका अवसरमा स्याङ्जाका ३ पालिकामा विदा
रेडियो आँधीखोला,
वालिङ ९ भदौ ।
ईस्लाम धर्मका संस्थापक एवं संरक्षक पैगम्बर मोहम्द मुस्ताफा सल्ललाहु अलैहे बसल्लामको १५०१औँ जन्मोत्सवका अवसरमा स्याङ्जा ३ वटा पालिकाले सार्वजानिक विदा दिएका छन् । यहाँको वालिङ, पुतलीबजार र भीरकोट नगरपालिकाले सावैजानिक विदा दिएको छ । मंगलबार बसेको वालिङ नगरपालिका कार्यपालिका बैठकले भोली १० गते इस्लाम धर्मका संस्थापक पैगम्बरको जन्मोत्सवका अवसरमा विदा दिने निर्णय गरेको हो । उक्त दिन यहाँका शैक्षिक संस्था, सरकारी कार्यालय, संघसंस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजानिक विदा दिने निर्णय वालिङले गरेको हो । यस्तै भदौ ४ गतेको पुतलीबजार नगर कार्यपालिका बैठकले यही भोली पैगम्बरको जन्मोत्सवका अवसरमा अवसरमा विदा दिने निर्णय गरेको हो ।
यस्तै भीरकोट नगरपालिकाको सोमबार बसेको बैठकले पनि पैगम्बर मोहम्द मुस्ताफा सल्ललाहु अलैहे बसल्लामको जन्मोत्सवका अवसरमा विदा दिने निर्णय गरेको हो । मोहम्द डेका रुपमा चिनिएको इस्लाम धर्मका संस्थापक पैगम्बरको जन्मोत्सवका अवसरमा आफ्ना मुस्लिम धर्मालम्बीहरुमा शुभकामना समेत व्यक्त गरेको छ ।
मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उहांको जन्म भएको थियो । उहांको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो ।