समाचार
ईस्लाम धर्मका संस्थापक पैगम्बरको जन्मोत्सवका अवसरमा स्याङ्जाका ४ पालिकामा विदा
रेडियो आँधीखोला
वालिङ, १० भदौ ।
ईस्लाम धर्मका संस्थापक एवं संरक्षक पैगम्बर मोहम्द मुस्ताफा सल्ललाहु अलैहे वसल्लामको १५०१औँ जन्मोत्सवका अवसरमा स्याङ्जाका ४ वटा पालिकाले सार्वजानिक विदा दिएका छन् । यहाँको वालिङ, पुतलीबजार, गल्याङ र भीरकोट नगरपालिकाले आज सार्वजनिक विदा दिएका हुन् ।
मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उहांको जन्म भएको थियो । उहाँको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो ।