अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वालिङमा स्वास्थ्य क्षेत्रमा स्याङ्जा सहयोग समाज कतार, वालिङ नगर इकाईको महत्वपूर्ण सहयोग

news

 
रेडियो आँधीखोला
वालिङ, १० भदौ । 
स्याङ्जा सहयोग समाज कतार वालिङ नगर इकाईले यहाँको स्वास्थ्य चौकीलाई बेड सहयोग गरेको छ । वालिङ नगरपालिका–२ स्थित धनुबाँसे स्वास्थ्य चौकीलाई एक थान बेड सहयोग गरेको हो । वैदेशिक रोजगारीका लागि कतारमा रहेका तथा वालिङसँग सम्बन्धित युवाहरूको सहयोगमा स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले उक्त बेड उपलब्ध गराइएको हो । 
करिब २८ हजार रुपैयाँ बराबरको बेड समाजका वालिङ नगर इकाईका कोषाध्यक्ष नारायण क्षेत्रीले धनुबाँसे स्वास्थ्य चौकीका अध्यक्ष तथा वालिङ नगरपालिका–२ का वडा अध्यक्ष पोतप्रसाद लम्साललाई हस्तान्तरण गर्नुभएको हो। स्वास्थ्य चौकीको आवश्यकता र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बेड उपलब्ध गराइएको कोषाध्यक्ष क्षेत्रीले बताउनुभयो । 
उहाँका अनुसार वालिङ नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूको अवस्थाबारे अध्ययन गर्ने क्रममा धनुबाँसे स्वास्थ्य चौकीमा बिरामीको चाप तुलनात्मक रूपमा बढी रहेको र आवश्यक पूर्वाधारको समेत कमी देखिएकाले प्राथमिकताका आधारमा सहयोग गरिएको हो । 
स्वास्थ्य चौकीमा हाल चार थान बेड आवश्यक रहेकोमा एक थान बेड प्राप्त भएपछि केही राहत पुगेको वडा अध्यक्ष एवं स्वास्थ्य चौकीका अध्यक्ष लम्सालले बताउनुभयो। बेड हस्तान्तरणपछि धन्यवाद व्यक्त गर्दै लम्सालले स्वास्थ्य क्षेत्रमा गरिएको सहयोग अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो । 
लम्सालले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका युवाहरूले आफ्नो जन्मभूमि र स्थानीय समुदायलाई सम्झिएर गरेको सहयोग उदाहरणीय भएको बताउनुभयो । स्थानीय आवश्यकतालाई पहिचान गरी प्राथमिकताका आधारमा आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा रचनात्मक सहयोगलाई निरन्तरता दिने इकाईले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...