समाचार
स्याङ्जा निकै सुन्दर रहेछ ः श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङ
रेडियो आँधीखोला,्
वालिङ ११ भदौ ।
श्रम संस्कृति पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रतिनिधि सभा सांसद हर्क साम्पाङले वालिङमा आयोजित हातेमालो तथा पार्टी प्रवेश तथा जिल्ला समिति गठन कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । विहिबार स्याङ्जाको वालिङमा आउनुभएका साम्पाङले स्याङ्जा निकै सुन्दर भएको भन्दै प्रसंशा गर्नुभयो ।
प्राकृतिकसंगै सांस्कृतिक हिसाबे स्याङ्जा सुन्दर भएको बताउँदै देशको लागि काम गर्ने पार्टी श्रम संस्कृति भएको बताउनुभयो । केबल श्रमदानसंग जोडिएको पार्टी भएको भन्दै पार्टीमा कुनै नेता वा कार्यकर्ता नभएको उहाँले बताउनुभयो । बोटेकोशीको बाढीले देशमा विपत्ति सृजना भएको भन्दै औचापरिक भन्दा सामान्य रुपमा वालिङमा कार्यक्रम गरिएको बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रमा पार्टी श्रमदाताहरु सुरक्षानिकायसंग मिलेर राहत र उद्धारमा खटिएको बताउनुभयो । पार्टी भन्दा पहिला नेपाली नागरिक भएको भन्दै एक नागरिकलाई दुख पर्दा अर्को नागरिकले सहयोग गर्नुपर्ने भन्दै सरकारको आलोचना गर्नुभन्दा विपदमा सबैले सहकार्य र हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।