अहिले तरंगमा

केहि छिनमा

Morden Songs

समाचार

चापाकोट नगरपालिकाले भोटेकोशी बाढी प्रभावितका लागि ५ लाख सहयोग गर्ने

news

 
वालिङ, १३ भदौ । 
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएका तटीय क्षेत्रका बासिन्दाको उद्धार तथा राहतका लागि स्याङ्जाको चापाकोट नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।
चापाकोट नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवन जिल्लाका विभिन्न तटीय क्षेत्रमा पु¥याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले ५ लाख नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँणले जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ’दैवी प्रकोप उद्धार कोष’ मार्फत नगरपालिकाले संस्थागत सहयोग ५ लाख सहयोग गर्ने भएको हो । त्यसैगरी जनप्रतिनिधिको सेवा सुविधाबाट ५ दिन बराबरको तलब सुविधा पनि दिने भएको छ । त्यस्तै नेपाली कांगे्रस स्याङ्जाले पनि भोटेकोषी बाढी प्रभावितहरुका लागि १ लाख सहयोग गर्ने निर्णय गरेको  छ । 
नेपाली काङ्ग्रेस स्याङ्जाका जिल्ला सभापती तथा संविधान सभा सदस्य राजु थापाको सभापतित्वमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक द्वारा चीनको तिब्बत तर्फको भोटेकोशीमा हिमताल विष्फोट र हिम पहिरोबाट आएको बाढीको प्रभावको सन्दर्भमा नेपालको रसुवा, नुवाकोट, धादिङ , चितवन लगाएका क्षेत्रहरुमा भएको बाढिका कारण भएको ठूलो जन धनको क्षती प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरु पर्ति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । घटना बाट घाइते भएका सम्पुर्ण को शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरुको खोजि कार्य तिव्रताका साथ गर्न सबै पक्षलाई आग्रह समेत स्याङ्जा काङ्ग्रेसले गरेको छ ।
साथै पीडित परिवारजनलाई राहत स्वरुप नेपाली कांग्रेस केन्द्रीय कार्यालयको विपत राहत कोष मार्फत रु एक लाख रुपैया हस्तान्तरण गर्ने निर्णय गरेको नेपाली काङ्ग्रेस स्याङ्जाका सचिब दामोदर लम्सालले जानकारी दिनुभयो । 
त्यस्तै संयुक्त बोलबम समिती वालिङ् १३ को सक्रियतामा संकलित राहत सामान लिएर एक टोली बाढी प्रभावित क्षेत्रमा लागेको छ । विषेश गरी थानपाटा, झलुङ्गे ,बायाटारिका स्थानीयबासि ब्यावसायि तथा सहयोगीदाताहरुले प्रदान गर्नुभएको राहत लिएर प्रभावित क्षेत्रतर्फ लागेको टोलीमा सहभागि प्रेम पराजुलीले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...