समाचार
बाढी प्रभावितका लागि “एक सदस्य एक सय रुपैँया सहयोग अभियान”
रेडियो आँधीखोला
वालिङ, १४ भदौ ।
नेपाली कांग्रेस भीरकोट नगर कार्यसमितिको बैठक सम्पन्न भएको छ । बैठकले रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपीडितहरूको राहत तथा उद्धारका लागि “क्रियाशील सदस्यबाट १०० रुपैयाँ सहयोग अभियान” सञ्चालन गर्ने निर्णय गरेको छ ।
उक्त अभियानअन्तर्गत शनिबार मात्रै २१ ह्जार रकम संकलन भएको नगर सभापति यामप्रसाद अधिकारीले बताउनुभयो । संकलित रकम पार्टीले सञ्चालन गरेको राहत अभियानमार्फत सम्बन्धित राहत कोषमा पठाइनेछ।
यस दुःखद घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा यथाशीघ्र राहत तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन सबै सरोकारवाला निकाय तथा सम्बन्धित पक्षसँग हार्दिक अनुरोध समेत गरेको छ ।