अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

तिज गीत प्रतियोगिताको बजेट रोकेर हरिनास गाउँपालिकाद्वारा बाढी पीडितलाई ५ लाख रुपैयाँ सहयोग

news

 
वालिङ, १४ भदौ । 
स्याङ्जाको हरिनास गाउँपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको अचानक बाढीबाट प्रभावित भएकाहरूका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि विनियोजन गरिएको ’तिज गीत प्रतियोगिता’ कार्यक्रम स्थागित गरी सोही बजेटबाट नेपाल सरकारको ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरद्वारा जारी विज्ञप्ति अनुसार, भाद्र १० गते रसुवा जिल्लास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पु¥याएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गरिएको छ ।
प्राकृतिक विपद्को यस संकटपूर्ण घडीमा तिज गीत प्रतियोगिता आयोजना नगरी उद्धार, राहत तथा पुनस्थापन कार्यमा सहयोग पु¥याउन यो कदम चालिएको गाउँपालिकाले जनाएको छ । साथै, गाउँपालिकाले मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...