अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पुतलीबजार नगरपालिकाद्वारा रसुवाका बाढीपीडितलाई २७ लाखभन्दा बढीको सहयोग घोषणा

news

 
वालिङ, १६ भदौ । 
पुतलीबजार नगरपालिकाले रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा गएको भीषण बाढीबाट प्रभावितहरूका लागि २७ लाख ३९ हजार ५५८ रुपैयाँ बराबरको राहत तथा जिन्सी सहायता प्रदान गर्ने भएको छ ।
नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिकोे बैठकले गत भदौ १० गतेको बाढीका कारण पुगेको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र पुनस्र्थापनाका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो। नगरप्रमुख र उपप्रमुखको १५÷१५ दिनको, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १०÷१० दिनको र वडा सदस्यहरूबाट प्रतिव्यक्ति रु. ४,५०० का दरले संकलित ३ लाख ८८ हजार ७५०, श्रेणीविहीन कर्मचारीको २÷२ दिनको, राजपत्र अनंकित कर्मचारीको ५÷५ दिनको र राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणीका कर्मचारीको ७÷७ दिनको सुरु तलब स्केल अनुसार संकलित १२ लाख ५१ हजार १०८ र ११ लाखको दैनिक उपभोग्य सामग्री खरिद गरी उपलब्ध गराउने निणय गरेको हो ।
नगरपालिकाले नगद रकम ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खातामा जम्मा गर्ने र वस्तुगत सहायता अन्तर्गत दैनिक उपभोग्य सामान खरिद गरी बाढीपीडित क्षेत्रमा पठाउने जनाएको छ । 
त्यस्तै गल्याङ नगरपालिका, कार्यपालिकाको कार्यालयले प्राकृतिक विपद्बाट प्रभावितहरूका लागि विपद् राहत कोषमार्फत आर्थिक सहयोग गर्ने र पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । सोमबार बसेको नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठक बसेर  गल्याङ नगरपालिका विपद् राहत कोषबाट ५ लाख रुपैयाँ सहयोग प्रदान गरिएको नगरप्रमुख गुरुप्रसाद बैठकले बताउनुभयो । 
साथै नगरपालिकाका जनप्रतिनिधिहरूले पाउने ७ (सात) दिन बराबरको सेवा–सुविधा÷तलब रकम राहत कोषमा जम्मा गरिनेछ भने नगरपालिकाका कर्मचारीहरूले सङ्घीय सरकारको निर्णय बमोजिम तोकिएको रकम सहयोग स्वरूप उपलब्ध गराउनेछन । भदौ २५ गते तय तय गरिएको नगरस्तरीय तीज गीत प्रतियोगिता स्थगित गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न चाहने विभिन्न क्षेत्र, सङ्घसंस्था तथा व्यक्तिहरूबाट जिन्सी सामान गल्याङ नगरपालिकाको सामाजिक शाखामा सङ्कलन गरिने र उक्त राहत सामग्री जिल्ला प्रशासन कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा पठाइने निर्णय गरिएको प्रमुख भटराईले बताउनुभयो । जिन्सी सामाग्रीमा खाद्यान्न सामाग्री, म्याटे«स, त्रिपाल तथा न्यानो कपडा, सरसफाईका सामाग्रीहरु, प्रथामिक उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री, बालबालिका तथा जेष्ठ नागयरिकका लागि आवश्यक सामाग्री तथा उपयोगि जिन्सी सामाग्री प्रदान गर्न सक्नेछन । 
इच्छुक सहयोगी दाताले यह िभदौ १५ देखि १८ गते साँझ ५ बजेसम्म नगरपालिकामा राहत पु¥याउन सक्नेछन् । विपदको घडीमा हाम्रो सानो सहयोग प्रभावित परिवारको लागि ठूलो राहत हुनेछ भन्ने नाराका साथ नगरपालिकाले जिन्सी सामाग्री संकलन गरेर प्रशासनमा बुझाउनेछ । साथै जिन्सी सामानहरु बुझाँउदा नयाँ प्रयोग योग्य, स्वास्थ्यमा असर नगर्ने र गुणस्तरीय वस्तु सहयोग गर्न आग्रह गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...