अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

भोटेकोशी बाढी प्रभावितका लागि रोटरी वालिङको १ लाख सहयोग

news

 
वालिङ, १८ भदौ । 
रोटरी क्लब अफ वालिङ सिटिले भोटेकोशी बाढी प्रभावितका लागि १ लाख सहयोग गरेको छ । क्लबले नेपाल बैंक मार्फत प्रधानमन्त्री दैवि उद्धार कोषमा उक्त रकम जम्मा गरेको क्लबका अध्यक्ष उदय पौडेलले बताउनुभयो । क्लबले बाढीमा परी ज्यान गुमाउनुहुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । क्लब विसुद्ध सामाजिक संस्था भएकाले विभिन्न समयमा सामाजिक तथा रचनात्मक कार्य गर्दै आएको छ । यसअघि मंगलबार विद्यार्थीहरुका लागि दन्त परिक्षण तथा दन्त सचेतना कार्यक्रम गरेको थियो । 
वालिङ १२ स्थित घुरुङखा माध्यमिक विद्यालयमा सिद्धार्थ डेन्टल वालिङको सहयोगमा दन्त सचेतना कार्यक्रम गरेको थियो । यहाँको भीरकोट जेसिज, गल्याङ जेसिजले समेत बाढी प्रभावितका लागि खाद्यान्न तथा राहत संकलन गरेको छ । गल्याङ जेसिजले संकलित राहत सामाग्री गल्याङ नगरपालिका मार्फत प्रशासन हुँदै प्रभावित क्षेत्र पठाईँदै छ भने यता भीरकोट जेसिजका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणको नेतृत्वमा राहत सामाग्री लिएर प्रभावित क्षेत्र प्रस्थान गरेको उहाँले बताउनुभयो । 
त्यसैगरी गल्याङ चेम्बर अफ कमर्सले प्रधानमन्त्री बिपद कोषमा ७३ हजार चार सय रुपैयाँ जम्मा गरेको छ । राष्ट्रिय वाणिज्य बंक मार्फत प्रधानमन्त्री दैवि उद्धार कोषमा उक्त रकम जम्मा गरिएको गरिएको गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गङ्गाप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै यहाँको टोल विकास आमा समूहले समेत बाढी प्रभावितका लागि सहयोग गरेको छ ।
गत भदौ १० मा भएको अकल्पनीय बाढीले मानविय र भौतिक क्षती भएकोे भन्दै भकुण्डे ठाडो लाइन टोल विकास आमा समूहद्धारा १ लाख १ हजार १५५ रुपैया प्रधानमन्त्री दैवि उद्धार कोषमा  जम्मा गरिएको समूहकी अध्यष सेमला काफ्लेले बताउनुभयो । त्यस्तै भीरकोट ६ को जनजागरण महिला समूहले पनि बाढी प्रभावितका लागि ५० हजार सहयोग गरेको छ । समूहले राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवि उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । त्यस्तै वालिङ ९ मा रहेको पायोनिअज टोल आमा समूहले ५१ ह्जार प्रधानमन्त्री दैवि उद्धार कोषमा सहयोग रकम जम्मा गरेको छ । समूहले ५१ ह्जार ५१ रुपैँया नेपाल बैंक मार्फत प्रधानमन्त्री दैवि उद्धार कोषमा जम्मा गरेको समूहले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...