समाचार
रणबीरस्थित जुनियर रेडक्रस सर्कलद्वारा झण्डै १८ हजार सहयोग प्रदान
वालिङ, १९ भदौ ।
स्याङ्जाको वालिङ १ खहरेस्थित रणवीर जनहित माध्यमिक विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलले भोटेकोशी बाढी प्रभावितहरुलाई आर्थिक सहयोग गरेको छ ।
भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुलाई लक्षित गरी विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलमार्फत विद्यार्थीहरुले स्वतःफूर्तरुपमा रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर सङ्कलन गरेको रकममा केही शिक्षक तथा केही खहरे बजारबाट सङ्कलन भएको एकमुष्ट रकम रु. १७ हजार ८९५ कोषमा जम्मा गरेका हुन् ।