समाचार
४ सय लिटर भन्दा धेरै घरेलु मदिरा नष्ट
वालिङ, २३ भदौ ।
प्रहरीले स्याङ्जाका विभिन्न स्थानहरुबाट ४ सय लिटर भन्दा धेरै मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार चापाकोट, फेदिखोला र आँधीखोलामा गरी ४२७ लिटर घरेलु मदिरा नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाबाट प्रहरी नायव निरीक्षक दुर्गा बहादुर रानाभाटको कमाण्डमा खटिएको प्रहरी टोलीले चापाकोट आँधिघाट एरियामा चेकजाँच गर्ने क्रममा अन्दाजी ११७ लिटर तयारी घरेलु मदिरा नष्ट गरेको छ ।
त्यस्तै प्रहरी चौकी फेदिखोलाबाट प्रहरी सहायक निरीक्षक आशिष थापाको कमाण्डमा खटीएको प्रहरी टोलिले फेदिखोला २ खड्केटारी एरियामा घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजी १०० लिटर बरामद गरेको हो । त्यसैगरी प्रहरी चौकी सेतिदोभानबाट प्रहरी वरिष्ठ नायव निरीक्षक मनोहरराम चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले आधिखोला ५ रंगेठाटी एरियामा २१० लिटर तयारी घरेलु मदिरा बरामद गरेको थियो । बरामद गरिएका मदिराहरु प्रहरीले स्थानीय तथा सरोकारवालाहरुको रोबहरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।