अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

नुवाकोटको देवीघाटमा सेनाले ‘एक्रोब्रिज’ जडानको काम अन्तिम चरणमा पुर्‍यायो

news

 

सडक विभागको सहयोगमा ५५ जना भन्दा धेरै नेपाली सेनाको टोलीले पुल निर्माणमा जुटिरहेका छन् । विदुर नगरपालिका–५ देवीघाट तादी नदीमा पुल निर्माण भैरहेको हो । यो पुलले देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्छ ।

भोटेकोशी नदीको बाढीको बहाव तादीमा पसेर त्यहाँका दुई वटा पक्की पुलमा क्षति गरेपछि नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँगको यातायात सम्पर्क टुटेको थियो । सम्पर्क सञ्जाल जोड्न ‘एक्रोब्रिज’ निर्माण कार्य भैरहेको हो ।

यो पुलले ७० टन भारवहन क्षमता थेग्न सक्छ । पुल निर्माणपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत र यातायात सेवा सहज हुने अपेक्षा छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...