अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

भोटेकोशी बाढीबाट १५ पालिकाका १६ हजारभन्दा बढी घरधुरी प्रभावित

news

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १५ पालिका रहेका छन् । बाढीबाट १६ हजार एक सय १० घरधुरीका ६४ हजार तीन सय ३५ जना प्रभावित भएका छन् । प्रत्यक्ष रूपमा बाढीबाट सात हजार पाँच सय ७० घरधुरी प्रभावित भएका छन् ।

प्रभावित जनसङ्ख्यामध्ये १६ हजार सात सय ६९ पुरुष र १६ हजार एक सय ९२ महिला रहेका छन् । रसुवामा चार पालिकाका १६ वटा वडा बाढीबाट प्रभावित भएका छन् । गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर १, २, ३, ५ र ६ प्रभावित भएका छन् ।

यहाँ बाढीका कारण एक हजार तीन सय तीन घर तथा भवनमा क्षति पुगेको छ । ती क्षेत्रमा रहेका एक हजार चार सय ४४ घरधुरीका पाँच हजार सात सय ४३ जना प्रभावित भएका छन् । कालिका गाउँपालिका वडा नम्बर १ प्रभावित भएको छ ।

त्यहाँ एक सय १४ भवनमा क्षति पुगेको छ भने एक सय १९ घरधुरीका चार सय ९१ जना प्रभावित भएका छन् । त्यस्तै, आमाछोदिङ्मो गाउँपालिकाका वडा नम्बर १, २, ४ र ५ प्रभावित भएका छन् । यहाँ ७६ भवनमा क्षति पुगेको छ । 

Final-123-1789094027.jpg
एक सय ७७ घरधुरीमा रहेका तीन सय १३ जना प्रभावित भएका छन् । उत्तरगया गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्म प्रभावित भएका छन् । यहाँ ६ सय ६५ भवनमा क्षति पुगेको छ । ६ सय ९६ घरधुरीका दुई हजार सात सय १९ जना प्रभावित भएका छन् ।

नुवाकोटमा चार पालिकाकाका २१ वटा वडा प्रभावित भएका छन् । बेलकोटगढी नगरपालिकाका वडा नम्बर ५, ७ र ८ प्रभावित भएका छन् । त्यहाँ एक हजार ८३ भवनमा क्षति पुगेको छ । एक हजार एक सय २७ घरधुरीका चार हजार चार सय ८३ जना प्रभावित भएका छन् ।

विदुर नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १० र १२ प्रभावित भएका छन् । त्यहाँ पाँच हजार दुई सय २८ भवनमा क्षति पुगेको छ । पाँच हजार नौ सय २८ घरधुरीका २३ हजार दुई सय ३० जना प्रभावित भएका छन् । किस्पाङ गाउँपालिका वडा नम्बर ५ प्रभावित भएको छ । यहाँ नौ सय ६ भवनमा क्षति पुगेको छ ।

नौ सय ३९ घरधुरीका तीन हजार तीन सय ८२ जना प्रभावित भएका छन् । त्यस्तै, तारकेश्वर गाउँपालिकाका वडा नम्बर २ र ४ प्रभावित भएका छन् । यहाँ एक सय ७८ भवनमा क्षति पुगेको छ । एक सय ८५ घरधुरीका छ सय ६५ 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...