अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

शनिबार पनि वालिङ बजार खुल्ला हुने

news

 
वालिङ, २७ भदौ । 
स्याङ्जाको वालिङ बजार शनिबारको दिन पनि खुल्ला हुने भएको छ । हरेक शनिबार बन्द हुँदै आएको बजार अबदेखि शनिबार पनि खुल्ला गरी व्यवसाय गर्न वालिङ उद्योग वाणिज्य संघले अनुरोध गरेको छ । नेपालीहरुको महान पर्वहरु हरितालिका तिज, दशैँ, तिहार, छठलगायतका पर्वहरुलाई मध्यनजर गर्दै आजदेखि शनिबार पनि खुल्ला गरी उपभोक्ताहरुलाई सेवा सुविधा प्रदान गर्न संघले आग्रह गरेको छ । 
त्यस्तै चाडपर्वको नाममा उपभोक्तालाई प्रभाव पार्ने काम नगर्न पनि संघले आग्रह गरेको छ । दैनिक उपभोग्य वस्तुमा अनावश्यक मुल्य वृद्धि, कालोबजारी, कृत्रिम अभाव सृजना नगर्न समेत संघले सचेत गराएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...