अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जिल्ला स्तरीय कबिता प्रतियोगितामा प्रधुम्न पनेरुका विपसा प्रथम

 
वालिङ, २७ भदौ । 
राष्ट्रिय बाल दिवसको अवसर पारेर एकिकृत सेवा कार्यालय स्याङ्जाले जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा प्रधुम्न पनेरुका विपसा विक प्रथम, रामनदीधाम संस्कृति गुरुकुलमका सुरज रेग्मी द्धितिय, दहथुम माविका आयुष्मा ढुंगाना तृतीय र वैडी माविका आरती बस्याल सान्त्वना भएका छन् । 
विजयी विद्यार्थीलाई पुतलीबजार प्रज्ञाप्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, एकिकृत सेवा कार्यालय प्रमुख निराजन शर्मा, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले नगद सहितको पुरस्कार प्रदान गर्नुभएको थियो । 
सोही कार्यक्रममा उपकुलपति शाह, सदस्य हिमलाल पुरी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ, पत्रकार भवानी अधिकारी, मूल्यांकन समितिका संयोजक मिलन समिर, सदस्य पारिश्वर न्यौपाने लगायतले बाल दिवसको शुभकामना ब्यक्त गर्नुभएको थियो । एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख निराजन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको  संचालन बाल क्लव सञ्जालका अध्यक्ष सुजता पौडेलले संचालन गर्नुभएको थियो । प्रतियोगितामा ९ जना विद्यार्थी सहभागि थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...