समाचार
कालिका मन्दिरमा सरसफाइ
वालिङ, ७ असोज ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा पुतलीबजार नगरपालिका–७ स्थित मोहोरिया कालिका मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। मन्दिर परिसरको सरसफाइ तथा स्वच्छता प्रवद्र्धन गर्ने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण आलेले मठ मन्दिरको सरसफाईले नयाँ युवा पुस्तामा सकरात्मक प्रभाव बढेको बताउनुभयो ।
उहाँले रचनात्मक तथा उदाहरणीय कार्यमा जोड दिनुभयो । सरसफाइ कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विश्वनाथ पौडेल र उपाध्यक्ष कृष्ण गुरुङले शुभकामना मन्तव्य दिनुभएको थियो । सरसफाइमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी पौवेगौडेका प्रहरी सहायक निरीक्षक रविन पोखरेलसहित प्रहरी तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव अच्युत पोखरेलले गर्नुभएको थियो ।