अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

प्रहरीद्धारा वालिङ ११ ज्वानखोलामा बेवारिसे बन्दुक बरामद

news

 
वालिङ, ७ असोज ।
प्रहरीले बेवारिसे बन्दुक बरामद गरेको छ । प्रहरीले वालिङ ११ ज्वानखोला स्थित भित्रि सडक खण्डमा बेवारिसे बन्दुक फेला पारेको थियो । वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी सहायक निरीक्षक मनरुपा मल्लको कमाण्डमा खटिएको प्रहरी गस्ति टोलीले ज्वाङखोला स्थित वालिङ–स्वरेक भित्री सडक खण्डको नालिमा बेवारिसे अवस्थामा रहेको बेसावुत एकनाले भरुवा बन्दुक फेला पारेको हो । उक्त बेवारिसो बन्दुकको थप अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
त्यस्तै अस्थायी प्रहरी विट रामबाच्छाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । वालिङ १ रामबाच्छा स्थित सिद्धार्थ राजमार्गमा ग. १ त. ४४८९ नम्बरको ट्याक्टरले अवैध रुपमा गिट्टी÷बालुवा (मिक्सट) ओसार–पसार गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उक्त ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वालिङ नगरपालिकाको कार्यालयमा पठाईएकोमा रुपैयाँ तिन हजार जरिवाना गरि छाडेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाल जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...