अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज पालिकाको अधिवेशन

news

 
रेडियो आँधीखोला
वालिङ, ७ असोज । 
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज हुने गाउँ तथा नगर अधिवेशनमा स्याङ्जाका पालिकाहरुमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । सर्वसम्मति हुन नसके निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने गरी तयारी अघि बढाइएको नेपाली कांग्रेस स्याङजाका प्रवक्ता भरत प्रसाद लम्सालले जानकारी दिनुभयो । पालिका तहका अधिवेशनका लागि निर्वाचन अधिकृत, सहभागी तथा आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रवक्ता लम्सालका अनुसार निर्वाचनका लागि आवश्यक सामग्री सम्बन्धित स्थानमा पु¥याइसकिएको छ। 
मतदान केन्द्र र निर्वाचन अधिकृतको व्यवस्थापनसमेत गरिएको छ । पालिका तहका सबै निर्वाचन निर्विरोध वा निर्वाचनमार्फत सम्पन्न गर्ने तयारी छ । एकै दिन उम्मेदवारी दर्ता, दाबी विरोध र निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सामान्य अवस्थामा जस्तो औपचारिक उद्घाटन कार्यक्रम गर्ने सम्भावना कम रहेको उहाँले बताउनुभयो । 
निर्वाचन आयोगले बिहानैदेखि उम्मेदवारी दर्तालगायतको कार्यतालिका सार्वजनिक गर्ने र त्यसपछि मतदान तथा मतगणनाको प्रक्रिया अघि बढाउने तयारी रहेको छ। सहमतिको प्रयासका क्रममा केही पालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। 
संशोधित कार्यतालिकाअनुसार गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते, प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यक्रम छ। स्याङ्जामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ र २ गरी दुई निर्वाचन क्षेत्र छन्। 
क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने र ती प्रतिनिधिले केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्ने प्रक्रिया रहेको नेपाली कांग्रेस स्याङजाका सहसचिव ध्रुर्वबन्धु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ११ पालिका रहेको स्याङ्जामा पालिका पालिकामा गाउँनगरहरुको अधिवेशन हुने छ । महाधिवेशन प्रतिनिधि चयनमा विभिन्न समूह तथा क्लस्टरका आधारमा प्रतिनिधित्व हुने व्यवस्था रहेको कांग्रेसले जनाएको छ । यसैबीच नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ का सभापति दिलिपप्रताप खाँणले नगर अधिवेशन, प्रदेश क्षेत्र अधिवेशन, संघीय क्षेत्र अधिवेशन साथै जिल्लासम्म निर्विरोध चयन गर्ने वातावरण बनाउन अनुरोध गर्नुभएको छ । सभापति खाँणले सामाजिक सञ्जालमा सम्पूर्ण काँग्रेसका साथीहरूसँग हार्दिक अनुरोध भन्दै उक्त कुरा बताउनुभएको हो । उहाँले लेख्नुभएको छ, सम्पूर्ण काँग्रेसका साथीहरूसँग हार्दिक अनुरोध.... नगर अधिवेशन, प्रदेशक्षेत्र अधिवेशन, संघीय क्षेत्र अधिवेशन साथै जिल्लासम्म निर्विरोध चयन गर्ने वातावरण बनाऔं। हामी सबै उदार भएर अगाडि बढौं। ठूलो मन बनाऔं। 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...