समाचार
नेपाली कांग्रेस कालीगण्डकीको गाउँ सभापतिमा नारायण भट्टराई निर्वाचित
वालिङ, ९ असोज ।
नेपाली कांग्रेस कालीगण्डकी गाउँपालिकाको अधिवेशनबाट नारायण भट्टराई नयाँ सभापतिमा निर्वाचित हुनुभएको छ। तीव्र प्रतिस्पर्धाका बीच भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी चक्रपाणी पाण्डेलाई १६ मतको अन्तरले पराजित गर्दै भट्टराई गाउँपालिकाको नेतृत्वमा पुग्नुभएको हो।
गाउँ कार्यसमितिको सभापति पदका लागि भएको उक्त मतदानमा कुल २४३ जना मतदातामध्ये २२५ मत खसेको थियो। निर्वाचन समितिका अनुसार कुल खसेको मतमध्ये विजयी भट्टराईले ११७ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी पाण्डेले १०१ मत ल्याउनुभएको थियो। खसेको मतमध्ये ७ मत बदर भएको थियो।