अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

 
रेडियो आँधीखोला
वालिङ, १० मंसिर ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । जिल्लामा रहेका स्थानीय तहहरुले लैंगिक हिंसा विरुद्धको सामुहिक हस्ताक्षर संकलन शुरु गरेका छन् । वालिङ नगरपालिकामा सामुहिक हस्ताक्षर शुरु भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउँदै, हिंसामुक्त, सुरक्षित र सम्मानजनक समाज निर्माणमा हाम्रो पनि प्रतिबद्धता भन्ने नाराका साथ यस वर्षको अभियान शुरु भएको छ । उता जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउँदै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सचेतना कार्यक्रम गरेको छ । जिल्लाका विभिन्न स्थानहरूमा लैंगिक हिंसा विरुद्दको सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ  ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर यो अभियान मनाउने गरिन्छ ।  महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लङ्घनको स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ । 
विश्वभर हरेक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य पनि सार्वजनिक भएको छ । राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर झण्डै ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको तथ्यांक छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...