अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

प्रेस स्वतन्त्रताको माग गर्दै स्याङ्जाका पत्रकारले भने सामुहिक गिरफ्तार गर

news

 
रेडियो आँधीखोला,
वालिङ ९ कार्तिक ।
सरकारले प्रेसको मुख थुन्ने प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघे देशभर आन्दोलनको कार्यक्रम गरेको छ । सरकारले पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, समाचार संकलनका सामाग्रीहरु जफत गर्ने, लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने, सरकारी विज्ञापन सरकारी मिडियालाई मात्रै दिने निजिलाई नदिने निति ल्याउनेलगायतका प्रेस स्वतन्त्रता विरोधी कदम चालेको भन्दै पत्रकार महासंघ विभिन्न चरणमा आन्दोलित रहेको छ । 
यसैक्रममा बुधबार केन्द्रिय समिति र देशभरका साखाहरुले पत्रकारलाई सामुहिक गिरफ्तार गर भन्दै प्रर्दशन तथा र्याली गरेका छन् । नेपाल पत्रकार महासंघ स्याङ्जा साखाले पनि कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय स्याङ्जाको कार्यालय परिसरमा पुगेर सामुहिक गिरफ्तारको ब्यानर तथा प्लेकार्डहरु प्रर्दशन गरेको छ । 
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र नेपाल पत्रकार महासंघले अघि सारेका माग तत्काल सम्बोधन गर्न दबाब दिँदै स्याङ्जा शाखाले विरोध ¥याली तथा धर्ना कार्यक्रम गरेको नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले बताउनुभयो । कार्यक्रममा पत्रकारहरूले मिडिया हाउसको प्रवेशद्वारमा सवारीसाधन तेर्साएर अवरोध गरिएको, सञ्चारमाध्यममा धरपकड भएको, पत्रकार गिरफ्तार गरिएको, लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएको तथा श्रमजीवी पत्रकारलाई निष्कासन गरिएकोप्रति विरोध जनाएका थिए । साथै सञ्चारमाध्यममाथिको आर्थिक नाकाबन्दी अन्त्य गर्न र प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेप रोक्न माग गरेका थिए ।
विरोध कार्यक्रमअन्तर्गत …प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरÚ, …नेपाल पत्रकार महासंघका माग तत्काल पूरा गरÚ र …पत्रकारलाई सामूहिक गिरफ्तार गरÚ लगायतका नारासहित प्रतीकात्मक सामूहिक गिरफ्तारीको कार्यक्रम समेत गरिएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, प्रदेश सदस्य रोशन लामिछाने, पूर्वअध्यक्षहरू ओमप्रकाश शर्मा र प्रकाश डोटेललगायत जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...