अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

news

 
महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लङ्घनको स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ ।
 
विश्वभर हरेक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य पनि सार्वजनिक भएको छ । राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर झण्डै ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको तथ्यांक छ ।
 
महिला हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि शुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर यो अभियान मनाउने गरिन्छ ।
 
नेपालले पनि महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ । ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ नाराका साथ १६ दिने अभियान शुरु भएको छ ।
 
सन् १९८० को दशकदेखि नै विभिन्न देशले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएका छन् । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको अभियान शुरु भएको हो । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालेको हो ।
 
२०७५ साल कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।
 
महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई कानुनमार्फत नै दण्डनीय बनाइएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...