समाचार
नगरस्तरीय प्रतियोगितामा भाग्योदय प्रथम
रेडियो आँधीखोला
वालिङ, ९ मंसिर ।
भीरकोटमा रहेको पब्लिक एकेडेमी माध्यमिक विद्यालये ७५ औं वार्षिकोत्सब एवं हिरक जयन्तीको अवसरमा नगस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । “जलवायु परिवर्तन र हाम्रो भविष्य“ शीर्षकमा आयोजित प्रतियोगितामा भाग्योदय माध्यमिक विद्यालयका भगवती रेग्मी प्रथम, राजेन्द्र भवानी मा.वि. का सपना बि. क. द्वितीय र बालोदय मा.वि. का सुविधा थापा तृतीय हुनुभएको छ । सहिद शुक्र मा.वि. का सुवास रोकाहा र पब्लिक एकेडेमी मा.वि. का नम्रता गुरूङ्ले प्रतियोगितामा शान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा पूर्णामृत भवानी मा.वि. का शिक्षक गोपालधन सुवेदी, कालिका माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण न्यौपाने र पञ्चकन्या मा.वि. का शिक्षक शोभाकान्त अर्यालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
नगर शिक्षा शाखा अधिकृत विष्णु बहादुर भट्टराईले विद्यालयको ७५औँ वार्शिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको बौद्धिक स्तरलाई अझ शसक्त बनाउन मद्दत गर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्व अध्यक्षहरू गीता राना भुजेल, आश बहादुर गुरूङ्ग, दिल बहादुर नेपाली र नगर कार्यपालिका सदस्य चित्र बहादुर राना भुजेल, बालोदय मा.वि का सहायक प्रधानाध्यापक मणि अर्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थि ए। २००९ सालमा स्थापना भएको विद्यालयले यही मंसिर १५ र १६ गते ७५ औं वार्षिकोत्सब तथा हिरक जयन्ती मनाउँदै छ ।