अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।

 
रेडियो आँधीखोला
वालिङ, ९ मंसिर । 
स्याङ्जाको भीरकोट नगरपालिकाले मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्यबीचको अन्योन्याश्रित सम्बन्धलाई आत्मसात् गर्दै ‘एक स्वास्थ्य’ (वन हेल्थ) को अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएको छ । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६’ का अवसरमा भीरकोट नगरपालिकाको कार्यालयमा आयोजित ‘एक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मार्फत नगरपालिकाले साझा प्रतिबद्धता र सामूहिक प्रतिज्ञा सार्वजनिक गरेको हो ।
भीरकोट नगरपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपाल र दियालो स्याङ्जाको सहयोग एवं सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । ‘आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम’ अन्तर्गत आयोजित अभिमुखीकरणमा सहभागी सरोकारवालाहरूले प्रतिजैविक औषधिको सही प्रयोग, जुनोटिक रोगको रोकथाम तथा खाद्य स्वच्छतालाई प्राथमिकता दिँदै एक स्वास्थ्य अवधारणालाई नीति तथा व्यवहारसँग जोड्ने विषयमा जोड दिए ।
कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले एक स्वास्थ्यको अवधारणालाई पालिकाले व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मानव स्वास्थ्य, पशुपन्छी स्वास्थ्य र वातावरण संरक्षण एकअर्कासँग जोडिएकाले सबै क्षेत्रको सहकार्य र जिम्मेवार व्यवहारमार्फत स्वस्थ समुदाय निर्माण गरिने बताउनुभयो ।
अभिमुखीकरणमा हेफर प्रोजेक्ट नेपालका डा. अंशु प्रधानले एक स्वास्थ्यको अवधारणा, यसको महत्व र विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको सन्दर्भमा विस्तृत जानकारी दिनुभएको थियो । यस्तै, भीरकोट नगरपालिकाका पशु सेवा शाखा प्रमुख डोलराज गैह्रे, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे लगायतले पशुपालन, कृषि अभ्यास, औषधिको विवेकपूर्ण प्रयोग र अन्तरक्षेत्रीय समन्वयका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...