अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

१०औँ राष्ट्रिय खेलकुदमा पदक लक्ष्यसहित यमन्त राज गुरुङको कडा तयारी

 
रेडियो आँधीखोला
वालिङ, ९ मंसिर । 
कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्याङ्जाको वालिङ नगरपालिका–१३, बयटारीका शरीर सुगठन (बडीबिल्डिङ) खेलाडी यमन्तराज गुरुङले आफ्नो तयारीलाई तिव्र पार्नुभएको हो । आगामी डिसेम्बर २ देखि १३ सम्म सञ्चालन हुने मुख्य प्रतियोगिताअन्तर्गत पश्चिम रुकुममा हुने बडीबिल्डिङ विधामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने लक्ष्यसहित उहां अहिले पोखरामा नियमित प्रशिक्षण गरिरहनुभएको छ ।
यसअघि ९औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो स्थान हासिल गर्नुभएका गुरुङ मिस्टर पोखराको स्वर्ण पदक विजेतासमेत रहनुभएको छ । क्षेत्रीय तथा राष्ट्रिय स्तरका प्रतियोगितामा बटुलेको अनुभवले आगामी प्रतियोगितामा थप ऊर्जा र आत्मविश्वास मिलेको उहांले बताउनुभएको छ ।  हाल पोखराका विभिन्न जिम तथा प्रशिक्षण केन्द्रहरूमा दैनिक अभ्यास, सन्तुलित खानपान र कडा अनुशासनका साथ उहांले आँफूलाई प्रशिक्षित गर्नुभएको छ ।
आगामी १०औँ राष्ट्रिय खेलकुदमा पश्चिम रुकुमको मञ्चबाट स्याङ्जा र गण्डकी प्रदेशको नाम उँचो राख्ने उहांको लक्ष्यलाई स्थानीय खेलप्रेमी तथा शुभेच्छुकहरूले सफलताको शुभकामना व्यक्त गरेका छन्।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...