समाचार
वालिङमा अनलाइन ठगी सम्बन्धी प्रहरीको सचेतनामूलक ¥याली, सुरक्षित डिजिटल अभ्यासमा जोड
रेडियो आँधीखोला
वालिङ, ९ मंसिर ।
वालिङमा प्रहरीले अनलाइन ठगी सम्बन्धी सचेतनामूलक ¥याली गरेको छ । बढ्दो इन्टरनेट र डिजिटल भुक्तानीको प्रयोगसँगै देखिन थालेको अनलाइन ठगीका घटना न्यूनीकरण गर्ने उद्देश्यले वडा प्रहरी वालिङले सचेतनामूलक ¥याली गरेको छ ।
कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले डिजिटल माध्यमबाट हुन सक्ने सम्भावित ठगीबाट जोगिन सर्वसाधारणलाई सचेत गराउँदै विभिन्न सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरेका थिए । ¥यालीका क्रममा “सार्वजनिक वाईफाईको भरसक प्रयोग नगर्नुहोस, अनलाइन रोजगारीको प्रलोभनमा नपर्नुहोस, ठगी भएको थाहा पाए तुरुन्तै १२४७ वा १०० मा सम्पर्क गर्नुहोस, अपरिचित व्यक्तिको निर्देशनमा एप इन्स्टल नगर्नुहोस र बलियो पासवर्ड प्रयोग गर्नुहोस लगायतका नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरेका थिए ।
¥यालीपछि आयोजित जानकारीमूलक कार्यक्रममा प्रहरीले पछिल्लो समय सामाजिक सञ्जाल, मोबाइल बैंकिङ, डिजिटल वालेट तथा शंकास्पद लिंक र अफरमार्फत भइरहेका ठगी बारे प्रहरी नायब निरिक्षक हरि काफ्लेले नागरिकलाई जानकारी गराउनुभएको थियो । खासगरी सजिलै धेरै आम्दानी हुने प्रलोभनमा नपर्न, ओटीपी तथा गोप्य विवरण कसैसँग सेयर नगर्न र शंकास्पद गतिविधि देखिएमा ढिला नगरी प्रहरीको आपत्कालीन नम्बर १०० वासम्पर्क गर्न आग्रह गरिएको छ । इन्टरनेटको प्रयोग गरेर विभिन्न खालका प्रलोभनमा पारेर बैंक खातामा भएको पैसा समेत अन्य व्यक्तिको खातामा ट्रान्सफर गर्ने, विभिन्न प्रलोभन देखाएर पैसा असुल गर्ने कार्य अनलाईन ठगि भएको भन्दै पासपोर्ट बलियो राख्नुपर्ने उहाँले बताउनुभयो ।
बजार क्षेत्र र स्थानीय समुदायलाई लक्षित गरी गरिएको यस अभियानले प्रविधिको सुरक्षित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न तथा अनलाइन ठगीका घटना रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ । त्यस्तै प्रहरीले यहाँको भुपूसैनिक माध्यमिक विद्यालयमा पनि अनलाईन ठगि बारे सचेतना प्रदान गरेको छ । वडा प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रताप पौडेल, प्रहरी निरिक्षक योगकेन्द्रकुमार राईसहितको टोलीले विद्यालयमा सचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रनाउ पौडेलले पछिल्लो समय अनलाईन ठगिको विगविगी बढेको भन्दै यो घटना प्रत्येक घरघरमा विस्तार भएको बताउनुभयो । स्क्याम तथा ठगिमा परेपछि यसको समाधानको प्रक्रिया निकै लामो रहेको भन्दै यस्ता घटनाको न्युनिकरणमा प्रहरीले सचेतनामुलक कार्यक्रम गरेको बताउनुभयो । ठगि गर्ने संजाल अन्तराष्ट्रिय रुपमा समेत फैलिएकाले यसको अनुसन्धान निकै लामो रहेको भन्दै ठगिबाट बच्नु नै बुद्धिमानी हुने उहाँले बताउनुभयो । त्यस्तै प्रहरीले बालविद्या विकास मावि र भुम्रे माविमा समेत अनलाईन ठगि सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ
यसैबीच वडा प्रहरी कार्यालय वालिङले लुकाईछिपाई राखेको ६० लिटर घरेलू मदिरा नष्ट गरेको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक राम बहादुर खत्री सहितको प्रहरी टोलिले वालिङ ८,९ र १० एरियाका विभिन्न होटल तथा भट्टी पसलहरु चेकजाँच गर्ने क्रममा बिक्रिबितरणको लागी लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी ६० लिटर घरेलु मदिरा बरामद गरेको हो । बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा बुद्धिजीवीहरूको रोहवरमा नष्ट गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।